क्षेत्री समाज बेल्जियमले नयाँ वर्ष २०८० को यसरी गऱ्यो स्वागत

क्षेत्री समाज बेल्जियमले नयाँ वर्ष २०८० को यसरी गऱ्यो स्वागत


  • विशेष सम्वाददाता, बेल्जियम

यही १० अप्रिल २०२३ अर्थात गत सोमबार बेलुकी भब्य सांगीतिक माहोलका बीच क्षेत्री समाज बेल्जियमले नयाँ विक्रम सम्वत २०८० लाई स्वागत गरेको छ । बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न नयाँ वर्षको स्वागत गरिरहँदा समाजका अध्यक्ष दीपक कार्कीले समारोहको सभापतित्व गरेका थिए भने महासचिव हरि रोकायाले कार्यक्रमको संचालन गरे।

उक्त उत्सवमा विशेष अतिथिको रुपमा एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसी आसिन थिए भने अन्य अतिथिहरुमा समाजका पुर्वअध्यक्षहरु र सल्लाहकारहरु क्रमशः लोक थापा, मोहन खत्री, नरेन्द्र बस्नेत, मुना केसी, इन्द्र पकवान क्षेत्री, झलक केसी, किशन केसी लगायत रहेका थिए ।

कार्यक्रममा मनोरञ्जन प्रदान गरेर नयाँ वर्षलाई उल्लासपूर्ण बनाउने अतिथि कलाकारहरुमा विशेषगरि मालिका कार्की, सुगम शेर्पा क्षेत्री र अर्जुन भुषाल क्षेत्री रहेका थिए।

उल्लेख्य उपस्थिति र उल्लासमय वातावरणका बीच क्षेत्री समाजले क्षेत्री समाजका पुर्व प्रतिनिधि तथा नेपाली ब्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासलाई विशेष सम्मान गरेको थियो । त्यस्तै जलबायु परिवर्तन र बढ्दो विश्व तापमानको अभियानसहित विश्व भ्रमणमा निस्केका शम्भुप्रसाद शर्मालाई सम्मानसहित सक्दो आर्थिक सहयोग गरिएको थियो।