आजको पञ्चाङ्ग एवम् राशिफल (१ वैशाख २०८० शुक्रबार, १४ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ वैशाख २०८० शुक्रबार, १४ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख १ गते शुक्रबार तद्अनुसार सन् २०२३ अप्रिल १४ तारिख बैशाख कृष्णपक्षको नवमी तिथि उत्तराषाढ़ा नक्षत्र ८ः२० पर श्रवण नक्षत्र सिद्धि योग तैतिल करण आनन्दादियोगमा काल योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४३ बजे र सूर्यास्त साँझ १८ः२७ बजे हुनेछ । वैशाख संक्रान्ति, नववर्षारम्भ ।

आजको राशिफल

मेष – मन लगाएर काम गरे पनि खास उपलब्धि प्राप्त नहुने समय छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अनावश्यक कुरामा खर्च होला । सृजनात्मक काममा भने सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आजको दिन स्वास्थ्यमा सामान्य समस्या आइपर्न सक्ने हुँदा खानपानमा विशेष सतर्कता अपनाउनु हितकर होला । सोचेकोे काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अन्ततः सुखको अनुभव हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने केही कमजोरी अनुभूति होला । आजको दिन खर्च भन्दा कमाई नै बढी हुनेछ । प्रियजनसँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । नयाँ काममा जोखिम बढ्ने योग रहेकोले योजना थाती राख्नु बेस हुनेछ । कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि बढ्ला । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – दामपत्य सुख बढ्ने र यात्रामा सफलता प्राप्त हुनेछ । पारिवारिक सुखप्राप्ति र धन आर्जन हुने दिन छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । विपरितलिङ्गीको सहयोग महत्वपूर्ण रहनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मानसम्मान एवम् ख्याति फैलिनेछ ।

सिंह – आरोग्य बढे पनि आजको दिन शुभदायी नरहला । काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन्, सावधान रहनुहोला । विश्वास गरेकाले नै धोका दिन सक्छन् । प्रतिकूल समयका कारण काममा बाधाअडचन आइपर्न सक्छ । धैर्यता राख्नुहोला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

कन्या – स्वास्थ्यका दृष्टिकोणल दिन राम्रो छ । मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिए पनि आर्थिक लाभकै योग छ । परिवारिक सुख वृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुची रहला । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – शुभता वृद्धि होला । काम बन्नाले मन रमाृउने छ । धन आर्जन होला । व्यस्तता वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – पराक्रम वृद्धि हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुने र नसोचेको काम बन्ने दिन छ । प्रियजनसँग भेटघाट होला । सुखको अनुभव हुन्छ । कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – अनावश्यक झमेलामा पर्न सकिने योग भएकोले यात्राको क्रममा सावधान रहनुहोला । काममा समस्या देखिएला । स्वास्थ्यका लागि खानपानमा सावधान रहनु हितकर हुनेछ । समस्याको समाधान गर्नुहुनेछ । आर्थिक हित हुने काममा लाग्नु उचित रहला ।

मकर – तपाईंको व्यवहारले धेरैलाई आकर्षित गर्न सकिनेछ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ – आयआर्जन हुने समय छ । फलदायी यात्राको सम्भावना छ । आशा मारेको धन फिर्ता हुने योग छ । रसरागको भाव वृद्धि होला । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । विजयश्री मिल्ने छ ।

मीन – आय वृद्धि हुने र मान-महत्व बढ्ने समय छ । आज रमाइलो यात्राको योग रहेको छ । तर टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने स्थगित गर्नु बेस हुनेछ । सुख-सुविधाका साधन बढ्नेछन् । मीठो भोजन खान पाउनुहुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।