आजको पञ्चाङ्ग एवम् राशिफल (२ वैशाख २०८० शनिबार, १५ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ वैशाख २०८० शनिबार, १५ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०८० वैशाख २ गते तद्अनुसार सन् २०२३ अप्रिल १५ तारिख शनिबार बैशाख कृष्ण पक्षको दशमी तिथि श्रवण नक्षत्र ६ः३९ पर धनिष्ठा नक्षत्र साध्य योग ०ः१७ पर शुभ योग वणि करण आनन्दादिमा स्थिर योग चन्द्रमा मकर राशिमा १७ः४९ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४२ मा भयो र सूर्यास्त साँझ १८ः२८ बजे हुनेछ । भक्तपुरमा महाकाली महालक्ष्मी यात्रा, टोखा चण्डेश्वरी मूल रथयात्रा, मध्यपुरठिमी बालकुमारी यात्रा ।

आजको राशिफल

मेष – कर्मबल बढ्नेछ । धन आर्जन हुने दिन छ । लामो यात्राको सोचमा हुनुहुन्छ भने प्रक्रिया अघि बढ्ने योग छ । घरपरिवार एवम् मित्रजनबाट सुख शान्ति प्राप्त होला । साहसिक काममा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आर्थिक ब्यय हुने दिन छ । नसोचेको ठाउमा धन खर्च हुन सक्छ । अन्य काममा भने सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान भेटिएला । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – दिन शुभदायी छ । आफन्त मिलनले सुख दिनेछ । मन प्रफुल्ल रहला । दौडधुप बढे पनि फलदायी हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त होला ।

कर्कट – नयाँ कामका योजनाहरू बन्ने समय छ । धन आर्जन होला । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – आरोग्यता बढ्नेछ । नयाँ कामका योजनाहरू बनाउँदै हुनुहुन्छ भने समय अनुकुल छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने समय छ । आनन्द बढ्ला । इष्टमित्रको साथ मिल्नेछ । पारिवारिक सुख शांति बढ्ला ।

कन्या – वादविवादको सामना गर्नुपर्ने समय छ, धैर्यताका साथ व्यवहार गर्नुहोला । मेसिनरी सामग्रीबाट चोटपटक लाग्न सक्छ, जोगिनका लागि विशेष प्रयत्न गर्नुहोला । आजका योजना अधुरै सक्छन् । प्रेमभाव वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – मान सम्मान मिले पनि मनमा डर रहने समय छ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यस्तता वृद्धि हुनेछ । यात्रासम्बन्धी काम बन्नेछ । रसरागको भाव जागृत होला । आजको दिन योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – पराक्रम वृद्धि होला । आजको दिन मनोरञ्जनपूर्ण रहला । फुर्सदको अनुभूति होला । मनमा प्रसन्नता मिल्ने दिन छ । दाम्पत्यसुख बढ्नेछ । सुख सुविधाको बस्तु खरिद गर्ने योग छ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – अप्रत्याशित लाभ हुने समय छ । काममा मन जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – अनावश्यक झमेलामा पर्न सकिने समय भएकोले सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । आजको दिन पीडा दिनेहरु सक्रिय हुन सक्छन् । स्वास्थ्यको पनि विशेष ख्याल गर्नुहोला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – लगानी बढ्नेछ । धन आर्जनको दृष्टिले राम्रो दिन छ । काममा सफलता मिल्ला । कुनै पनि बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसंगै ईष्टमित्र र सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आयबल र साहस वृद्धि हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुनेछ । आफन्तको साथ भने कमै मिल्नेछ । मिठो भोजन प्राप्त होला । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । राम्रो कमाइका कारण सुख मिल्नेछ ।