आजको पञ्चाङ्ग एवम् राशिफल (३ वैशाख २०८० आइतबार, १६ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ वैशाख २०८० आइतबार, १६ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख ३ गते आइतबार तद्अनुसार सन् २०२३ अप्रिल १६ तारिख बैशाख कृष्णपक्षको एकादशी तिथि शतभिषा नक्षत्र शुक्ल योग बब करण आनन्दादियोगमा राक्षस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ बजे भयो र सूर्यास्त साँझ १८ः२८ बजे हुनेछ । बरुथिनी एकादशीव्रत, भक्तपुरमा ब्रम्हाणी यात्रा ।

आजको राशिफल

मेष – शुभता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । व्यवसायको सिलसिलामा यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । मेहनत गर्दा सफलता प्राप्त होला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, सचेत रहनुहोला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्यप्रति सावधान रहनुहोला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । खर्च बढ्ने योग छ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । तथापि, उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । नयाँ सम्भावना देखिन्छ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि होला । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – आरोग्यता र दाम्पत्य सुख बढ्ने समय छ । भाग्यबल बढ्नेछ । व्यवसायमा लाभ होला । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – बन्नै लागेको काम अचानक बिग्रन सक्ने योग रहेकोले सावधानी अपनाउनुहोला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि खटपट आउन सक्छ । साथीभाइबाट धोका होला । विलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – प्रेमभाव वृद्धि हुनेछ । विभिन्न अवसर पाइने र कीर्तिमानी काम सम्पादन हुने बेला छ । तर नयाँ कामको सुरुवात खासै राम्रो छैन । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला ।

वृश्चिक – व्यस्तता वृद्धि हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – पराक्रम बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – लगानी वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । मीठो भोजन खान पाउनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।