हक अधिकारका लागि शालीन् विरोध

हक अधिकारका लागि शालीन् विरोध


photo 5 (3)

photo 4 (7)

photo 2 (10)

photo 1 (10)लण्डन – जुनकुनै विरोधमा आफ्नो हकअधिकार सुरक्षित रहोस र यसको सम्बोधन कानून संगत होस भन्ने उदहारण आज दिउँसो साढे एकबजेतिर वेस्टमिनिस्टर किङ्सवे कलेजका केहि शिक्षक तथा विद्यार्थीहरुले देखाएका छन् । यहिक्रम दिनभरी सेन्ट्रल लण्डनमा ससानो समुहमा विरोध जनाएका छन् । बेलायतमा सन् १८२६सालमा स्थापित झण्डै दुई शताब्दिको ईतिहास बोकेको युनिभर्सिटी कलेज अफ लण्डन बेलायतकै पुरानो विश्वविद्यालयमा पर्दछ । घण्टाको हिसाबमा पैसा भुक्तान दिनेगरि काममा लगाएका लेक्चररहरु अन्य कर्मचारीहरुलाई शोषण गरेको विरोधमा शिक्षकहरु साथै विद्यार्थीहरु मिलेर ठाउँ ठाउँमा करारनामा जलाएर आज ५ नोभेम्त्रर २०१५को दिनमा शैक्षिक प्रतिष्ठानहरु विरोध गरेका छन् । जिरो आवर अर्थात काममा शैक्षिक प्रत्तिष्ठानको आवश्यकता अनुसार बोलाउने, पैसा भुक्तानमा अनियमितता, कामको ग्यारेन्टी नभएको, यस्ताखाले सेवामा पेन्शनको ग्यारेन्टी नभएको, बीमार भत्ता नदिएको र विभिन्न बैठकहरु बोलाएर उपस्थित भए बापत पैसा भुक्तान नदिने विविध मुद्धाहरु उठाएर विरोध जनाएका छन् । विरोध गर्ने शैली शालीन् रहेको स्तम्भकारले प्रत्यक्ष देखेका थिए । कुनै हल्ला बिना ठाउँ ठाउँमा करारनामा जलाएर, आ–आफ्नो मोबाईल फोन्मा तस्वीर खिँचेर मिडिया सम्प्रेषन गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने शालीन विरोध सेन्ट्रल लण्डनमा आज सम्पन्न भएको छ ।