शुक्रबारदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत

शुक्रबारदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत


पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री सेल्सियस तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा तापक्रम वृद्धि भएसँगै लु समेत चलेको छ ।

यो तापक्रम बढ्ने बेला भए पनि बिचबिचमा बादल थपिँदा तापक्रममा केही कमी हुने वा र उस्तै रहने अवस्था हुन्थ्यो तर अहिले त्यस्तो नहुँदा तापक्रम लगातार बढिरहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । अर्काेतिर वर्षाका गतिविधि हुन नसकेका कारण र नयाँ मौसमी प्रणाली विकास नहुँदा मौसम स्थिर रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।

बिहीबारदेखि सूदूरपश्चिमतिरबाट बाक्लो बादल देखिएकाले शुक्रबारदेखि मौसममा त्यसकोे केही असर देखिने अनुमान उनले गरेका छन् । ठूलो वर्षा नभए पनि शुक्रबार हल्का तथा क्षणिक वर्षा हुनसक्ने बताइएको छ ।