गजल

गजल


✍ रामचन्द्र ढकाल ‘कोमल’

के सोचेर गयौ हिजो, आज फेरि फर्की आयौ
झुटो माया बुझ्यौ आफैं, डरायौ र तर्की आयौ ।

शुद्ध भन्थ्यौ बोल्ने ओठ, लाली टीका चुरा धागो
अशुद्ध भो किन आज, कालो घसी छर्की आयौ ।

मिठो बोल्नु सभ्य हुनु, नारी शील लज्जालु हो
उल्टो मैले सुने अहो, तिमी त्यसै झर्की आयौ ।

तिम्रा लागि थिए सुनेँ, रंगीचंगी बाटाहरू
मन डुल्यो आँखा घुम्यो, तिमी त्यसै तर्की आयौ ।

फर्कनु त हुँदैहुन्न, घात गर्नु पाप भन्थ्यौ
माया झुटो हो कि तिमी, आफैं भागी थर्की आयौ ।

  • काठमाडौं