सवारी दुर्घटनामा परेका वडाध्यक्ष अधिकारीको निधन

सवारी दुर्घटनामा परेका वडाध्यक्ष अधिकारीको निधन


कीर्तिपुर नगरपालिका-४ (काठमाडौं)का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका उनको आज उपचारका क्रममा निधन भएको हो ।

नगर उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार अधिकारी यही वैशाख १ गते वडा नं-४ स्थित चम्पादेवी मेलामा सरिक हुन जाँदै गर्दा बा८३प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । उनी चढेको मोटरसाइकल पुष्पलाल उद्याननजिक दुर्घटनामा परेको थियो ।

टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष अधिकारीलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनी गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए ।