रोजगारीको लागि अष्ट्रेलिया पठाइदिने भन्दै युवतीद्वारा ठगी

रोजगारीको लागि अष्ट्रेलिया पठाइदिने भन्दै युवतीद्वारा ठगी


वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिने प्रलोभन दिएर ३० लाख रकम ठगी गरेको अभियोगमा युवती पक्राउ परेकी छन् । अमृता गुरुङलाई अष्ट्रेलियामा महिनाको तीन लाख तलबको रोजगारी मिलाइदिने भन्दै रकम ठगी गर्ने २५ वर्षीया सयना श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धरान–१३ स्थायी घर भइ हाल काठमाडौंको लाजिम्पाट बस्दै आएकी सयना पीडित महिलाबाट पटक-पटक गरी ३० लाख रकम हत्याएपछि सम्पर्कविहीन भएकी थिइन् । त्यसपछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेकी थिइन् । विभागकै आग्रहमा प्रहरीले खोजतलास गरेर सयनालाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाएको छ ।