जापानमा गोल्डेन वीक सुरु

जापानमा गोल्डेन वीक सुरु


  • विशेष प्रतिनिधि, टोकियो

आज २९ तारिखदेखि जापानमा गोल्डेन वीक भनेर चिनिने लामो बिदा सुरु भएको छ । कोरोना महामारीका कारण आवतजावतमा प्रतिबन्ध हटेपछिको लामो बिदाका कारण घुमाघाम र भेटघाटमा निस्किनेहरुको संख्या यो वर्ष उल्लेख्य बढेको छ ।

शनिबार बिहानैदेखि बस, ट्रन तथा विमानलगायत सबैजसो यातायातका सेवाहरुमा मानिसहरुको निकै बाक्लो भभीड लागेको थियो ।

जेआर कम्पनीहरूका अनुसार २९ तारिख दिउँसो १२ बजेसम्म, टोकियोरसान्यो शिन्कान्सेन (टोकियो बाहिर जाने) रेलहरूमा भीडभाड थियो, र टोकियोबाट हाकाता जाने पहिलो रेलमा गैरआरक्षित सीटहरू १०० प्रतिशत भरिएको थियो ।

त्यसका साथै, टोकियोबाट बिहान प्रस्थान गर्ने तोहोकु शिन्कानसेन र होकुरिकु शिन्कानसेन ट्रेनहरूमा आरक्षित र गैरआरक्षित सीटहरू लगभग ८० प्रतिशत भरिएका थिए ।

त्यसैगरी आन्तरिक उडानहरूको, अल निप्पन एयरवेज बिहान लगभग भरिएको थियो भने हानेदा एयरपोर्ट र ओसाका एयरपोर्टबाट विभिन्न स्थानहरूका लागि भएका उडानहरु पनि अधिकांश भरिएका थिए।