सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका-३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो ।
काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कारचालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भइ हाल काठमाडौं महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईंको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छन् ।
बताइएअनुसार प्यूठानको प्यूठान नगरपालिका-८ का ३३ वर्षीय योगेन्द्र थापा गम्भीर घाइते भएका छन् । कार अनियन्त्रित भइ सडकबाट बायाँतर्फ २० मिटर तल भिरमा खसेको थियो ।
प्रतिक्रिया