सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरेसँगै आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । हाल पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत छन् । यसअघि उनी गृह मन्त्रालयको सचिव थिए ।
पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।
रायमाझी बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट बुधबार रायमाझी बाबुछोराविरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उनीहरुका विरुद्ध पक्राउ पुर्जी जारी भएको हो
प्रतिक्रिया