नेपाली घर-परिवारका लागि भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

नेपाली घर-परिवारका लागि भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर


नेपाली घर-परिवारमा रेफ्रिजरेटर आज केवल खाना चिसो राख्ने उपकरण मात्र रहेन । यो परिवारको स्वास्थ्य, दैनिक सुविधा, समय व्यवस्थापन र घरको समग्र शान्तिसँग जोडिएको महत्वपूर्ण हिस्सा बनेको छ । यही भावनालाई केन्द्रमा राख्दै सीजी इलेक्ट्रोनिक्स, गोदरेज एप्लायन्सेसको नेपालका लागि आधिकारिक वितरक, ले गोदरेज रेफ्रिजरेटरमार्फत ‘घरको शान्ति,
मनको शान्ति’ सन्देशलाई नेपाली उपभोक्तामाझ प्रभावकारी रूपमा अघि बढाइरहेको छ ।

आजको व्यस्त जीवनशैलीमा घरमा ताजा खाना उपलब्ध हुनु, खाद्य सामग्री लामो समयसम्म सुरक्षित रहनु र दैनिक भान्साको व्यवस्थापन सहज हुनु आफैंमा ठूलो राहत हो । गोदरेज रेफ्रिजरेटरले आधुनिक प्रविधि, ऊर्जा दक्षता, स्मार्ट स्टोरेज समाधान र भरपर्दो प्रदर्शनमार्फत यही राहतलाई व्यवहारमा उतार्दै आएको छ ।

कम्पनीका अनुसार गोदरेजका नवीनतम रेफ्रिजरेटरहरूमा AI Powered Technology, Food Load Tracking, Usage Monitoring, Smart Defrost, Nano Shield Technology, ३० दिनसम्म ताजगी कायम राख्ने क्षमता, 4-in-1 Convertible Modes, Smart Convertible Zone तथा Advanced Capillary Technology जस्ता सुविधाहरू उपलब्ध छन् । यी
विशेषताहरूले खाद्य सामग्रीलाई ताजा, सुरक्षित र व्यवस्थित राख्न सहयोग पुर्‍याउँदै उपभोक्ताको दैनिक जीवनलाई अझ सहज बनाउँछन् ।

व्यस्त कामकाजी परिवारले हप्ताको एक पटक तरकारी, फलफूल र दुग्धजन्य सामग्री खरिद गर्दा तिनलाई लामो समयसम्म ताजा राख्नु ठूलो चुनौती हुन्छ । गोदरेज रेफ्रिजरेटरको ताजगी कायम राख्ने क्षमता, Food Load Tracking र Usage Monitoring जस्ता स्मार्ट सुविधाले खाद्य सामग्रीको अवस्था र प्रयोगलाई अझ व्यवस्थित बनाउन सहयोग गर्छ। यसले दैनिक बजार जानुपर्ने तनाव घटाउँछ, खाना खेर जाने सम्भावना कम गर्छ र घरको भान्सालाई थप सहज बनाउँछ ।

त्यस्तै, बालबालिकाको टिफिन, पाहुना आउँदा तयार पारिने परिकार वा चाडपर्वका लागि राखिने खाद्य सामग्री सुरक्षित राख्नु हरेक घरको प्राथमिकता हो। गोदरेजको Nano Shield Technology, Smart Defrost, Convertible Modes र Smart Convertible Zone जस्ता सुविधाले फरक-फरक प्रकारका खाद्य सामग्रीलाई आवश्यकता अनुसार सुरक्षित र व्यवस्थित रूपमा राख्न मद्दत गर्छ । यसले घरमा अचानक पर्ने काम, पाहुना वा दैनिक भान्साको तयारीमा आत्मविश्वास बढाउँछ । यही आत्मविश्वास नै घरको शान्ति र मनको शान्तिको आधार हो ।

गोदरेजका सिंगल डोर, डबल डोर तथा साइड-बाइ-साइड रेफ्रिजरेटरहरू नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध छन् । उपभोक्ताले आफ्नो परिवारको आकार, भान्साको आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन् । गोदरेजका भिसी कुलर, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनरलगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन् । कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ ।

advertorial