प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल


प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक विषयका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल भएको बताए ।

छलफलपछि एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने प्रतिक्रिया दिए ।

एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेत सो प्रकरणमा जोडिएपछि अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषीले उन्मुक्ति पाउन नहुने जनाएका हुन् ।