नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छुट नदिइने प्रधानमन्त्रीको दृढता

नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छुट नदिइने प्रधानमन्त्रीको दृढता


file photo

प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गरेका छन् । कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने उनले बताएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो ।’

एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च तहका नेताहरुमाथि भइरहेको अनुसन्धानका बारेमा चासो राखेको उल्लेख गर्दै उनले भने, ‘हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ ।’

प्रधानमन्त्री प्रचण्डले निर्दोष कोही नपरून्, दोषी कोही नछुटून् भन्ने मान्यतामा नै सरकार अगाडि बढिरहेको बताए ।