गैरआवासीय नेपाली संघको १५औँ युरोपियन सम्मेलन प्रागमा सुरु

गैरआवासीय नेपाली संघको १५औँ युरोपियन सम्मेलन प्रागमा सुरु


  • विशेष प्रतिनिधि, चेक गणतन्त्र

गैरआवासीय नेपाली संघको १५औँ युरोपेली भेला तथा महिला सम्मेलनको युरोपेली राष्ट्र चेक गणतन्त्रमा समुद्घाटन गरिएको छ। नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद प्रमुख अतिथिका रुपमा सम्मिलित हुने भनिएको कार्यक्रम मन्त्रीको बेलायतस्थित कार्यक्रमको कारण सम्भव नभएपछि नेकपा (एमाले)का वरिष्ठ नेता सुभास नेम्वाङ्गको प्रमुख आतिथ्यमा भेला समुद्घाटन गरिएको हो ।

क्षेत्रिय भेलामा युरोपस्थित राष्ट्रिय समन्वय समितिको प्रभावकारी सहभागितासँगै विश्वभरका एनसीसी पदाधिकारीहरुको संलग्नता रहेको छ। भेलामा नेपाली कांग्रेसका नेता रमेश लेखक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा संघीय सांसद मनिष झाको समेत उपस्थिति रहेको छ ।

पार्टनरसिप फर प्रोग्रेस नाम दिइएको यस भेलामा विभिन्न सेसनहरुमा विषयगत छलफल राखिएका छन् भने भेलाको समाप्तिसँगै संस्थागत एकताको पहल र संघको सशक्तिकरणका पक्षमा काम हुने अपेक्षा रहेको आयोजक पक्षले जानकारी दिएको छ ।

भेलाको भोलि आइतबार परराष्ट्रमन्त्री एनपी साउदले समापन गर्ने कार्यक्रम रहेको बताइएको छ।