द.पू.क्षेत्रीय तमुधिं लण्डन ईकाईको अधिवेशन

द.पू.क्षेत्रीय तमुधिं लण्डन ईकाईको अधिवेशन


Picture1 sertd logoलण्डन ः दिनांक ०८ नोभेम्बर २०१४को दिन प्लमस्टिड, लण्डन स्थित सेसी कार्यालयमा सम्पन्न दक्षिणपूर्व तमुधिं लण्डन ईकाईको साधारण बैठक सम्पन्न भएको छ । विगत तीन महिना अघि नै सुसम्पन्न हुने वार्षिक साधारण सभा केहि कारणवश ढिलाई भएको थियो । हिजो संस्थाका अध्यक्ष क्या.रि. नारायण बहादुर गुरुङ, एमभिओको अध्यक्षतामा सम्पन्न बैठकले अब आउने यहि महिनाको २३ नोभेम्बर २०१४को दिनमा वार्षिक साधारण सभा सम्पन्न गर्ने निर्णय गरेको छ । यस वार्षिक साधारण सभाको दिनमा संस्थाको नयाँ कार्यकारिणी समिति चयन गरिने कुराको निर्णय भएको छ । कार्यकारिणी समिति चयनका लागि समितिका सल्लाहकारहरु क्रमशः सुमल कुमार गुरुङ, मोहन गुरुङ तथा हरि गुरुङ (गोविन्द), तीन जनाको निर्वाचन मण्डल नियुक्त गरेको छ । कार्यक्रमलाई समितिका महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए । शुरुमा समाजका उपाध्यक्ष हिराप्रसाद गुरुङका स्वर्गिय धर्मपत्निकी दिवंगत आत्माको चीरशान्तिका लागि २ मिनट मौन धारणा गरि बैठकमा उपस्थित सदस्यहरुले श्राद्धान्जली अर्पण गरेका थिए । सभाध्यक्षले सबैलाई स्वागत गरेर बुँदागत हिसाबमा धेरै विषयहरुमा छलफल गरिएको थियो । समाजलाई योगदान पुर्याउँदै आएका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै विगतका केहिमहिनाहरुमा आर्थिक उपलब्धि गरेको बारेमा प्रकाश पारेका थिए । हाउजिङ कोअर्डिनेटर श्रीचन्द्र गुरुङले देउसी भौलोबाट आम्दानी तथा विविध श्रोतबाट आर्थिक उपदान प्राप्त भएको बारे पनि प्रकाश पारेका थिए । अब आउने यसवर्षको ल्होछार कार्यक्रम तथा वार्षिक साधारण सभालार्इृ विशेष प्राथमिकताका साथ विस्तिृत छलफल गरेको थियो । आ–आप्mनो मन्तव्य प्रकट गर्नेक्रममा समाजका सल्लाहकार तथा हाउजिङ कोअर्डिनेटर श्रीचन्द्र गुरुङले यसपटकको अध्यक्ष्य पदका लागि आफू प्रत्याशी बन्न चाहेको प्रस्ताव बैठकमा राखेका थिए । निर्वाचन मण्डलीका सदस्य, सुमल कुमार गुरुङले बैठकको छलफल पश्चात कार्यकारी समितिमा सहभागी हुन चाहेका सदस्यहरुका लागि तोकिएको वार्षिक अधिवेशन भित्र ईमेल मार्फत अनुरोध गरिने कुरा प्रकाश पारेका थिए ।