लण्डन । नेपाली कांग्रेसका सर्वोच्च नेता लौह पुरुष स्वर्गीय गणेशमान सिंहको ९९ औं जन्म दिवस बेलायतमा मनाइएको छ । बेलायतको विन्चेस्टर आसपासमा बस्ने नेपाली कांग्रेसका शुभेच्छुकहरुले नेता सिंहको सम्झनामा सो कार्यक्रम आयोजना गरेका हुन् । कांग्रेस युवा नेता एकराज नेम्वाङको पहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । इस्ट्ली गोर्खा नेप्लिज कम्युनीटि, विन्चेस्टर नेप्लिज कम्युनीटि, विन्चेस्टर ब्रिटिश गोर्खा कम्युनीटि, केवाइसी बेइजिङस्टोक लगायतका संस्थाका प्रतिनिधिहरुले लौह पुरुष सिंह नेपाली राजनीतिका अग्रणी नेता भएको बताए ।
नेपाल विद्यार्थी संघ ललितपुरका पुर्व सभापति मनोज डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा युवा नेता एकराज नेम्वाङले नेपाली कांग्रेसको राजनीतिलाई पूर्व गोर्खाहरुले प्रताजन्त्र स्थापनाकाल देखि सहयोग पु-याउंदै आइरहेको बताए । नेपालमा प्रजातन्त्र स्थापनामा महत्वपुर्ण भुमिका निर्वाह गरेका सिंहको सम्झना गर्दै नेम्वाङले पूर्व गोर्खाहरुलाई नेपाली कांग्रेसको छहारीमा एकताबद्ध बनाउन सिंहको योगदान सम्झना लायक रहेको जनाएका थिए ।
नेपाली जनसम्पर्क समिति बेलायतमा देखिएको किचलोले गोर्खाहरुलाई चोट पु¥याएको उनको भनाई थियो । नेपालको राजनीतिक बस्तुस्थितिबारे टिपपणी गर्दै उनले वर्तमान सरकारले नै सर्वमान्य संविधान दिन सक्ने जिकिर गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेस पांचथर यूके सम्पर्क समितिका सचिव बृजहाङ्ग चेम्जोङले नेपाली जनसम्पर्क समितिमा भूपू गोर्खाहरुलाई एक्ल्याउने प्रयास भइरहेको बताउँदै यस्तो नगर्न आग्रह गरेका थिए । आउँदो अधिबेशनले भूपू गोर्खाहरुलाई समेटेर लैजान सके मात्र बेलायतमा नेपाली कांग्रेसको भविष्य उज्वल हुने उनको भनाइ थियो । सामथ्र्य र क्षमताको आधारमा भूपू गोर्खा एकराज नेम्वाङ जनसम्पर्क समितिको अध्यक्ष पदको दावेदार भएको चेम्जोङले बताए ।
कार्यक्रमको सभापतित्व गरिरहेका डंगोलले नेपालमा कांग्रेसको इतिहास बोकेका साथीहरुलाई सँगै लिएर जान आग्रह गर्दै गुटको राजनीतिमा नलाग्न सुझाव दिएका थिए । कार्यक्रममा चन्द्र कुबेर आङबुहाङ, जीवन गुरुङ, मिन लामा लगायतले पनि मन्तव्य दिएका थिए ।
सो अवसरमा पहिलो तथा दोश्रो विश्वयुद्धमा मरेकाहरुको सम्झनामा बेलायतभर मनाईने रिमेम्बरेन्स डे समेत परेकोले मृत आत्माको चिर शान्तिका लागि एक मिनेट मौन धारणा गरिएको थियो ।
-एकराज
प्रतिक्रिया