शेर्पा किदुग बेल्जियमको अध्यक्षमा पीडी शेर्पा निर्वाचित

शेर्पा किदुग बेल्जियमको अध्यक्षमा पीडी शेर्पा निर्वाचित


  • सनत आचार्य, बेल्जियम

शेर्पा किदुग बेल्जियमको अध्यक्षमा पेम्बा दोर्जी शेर्पा निर्वाचित भएका छन् ।

गत १३ अप्रिलमै सम्पन्न आठौँ अधिवेशनको बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई पारित गर्दै नयाँ कार्यसमिति चयनका लागि संस्थापक अध्यक्ष पेम्बा गेल्बु शेर्पाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिको सहमतीका आधारमा किदुगको नयाँ कार्यसमितिको सर्वसम्मत निर्णय अनुसार शेर्पा अध्यक्ष भएका हुन् ।

त्यसैगरी, उपाध्यक्षद्वयमा छिरिङ डोल्मा शेर्पा र ल्हाक्पा लामा शेर्पालाई चयन गरेको छ भने महासचिवमा जाङ्बु शेर्पा (जे.बी) लाई चयन गरिएको छ भने सचिवमा आङ पेम्बा शेर्पा र आङ छिरिङ शेर्पालाई चयन गरिएको छ । कोषाध्यक्षमा ओङ्गेल शेर्पा र सह–कोषाध्यक्षमा आङ बाबु शेर्पालाई छनौट भएका छन् ।

सदस्यहरुमा गेलु छिरिङ शेर्पा, मिङ्मार लामा शेर्पा, श्रीमती मिङ्मा शेर्पा, श्रीमती साम्देन शेर्पा, श्रीमती आङ छिरिङ लामा शेर्पा, ग्याल्जेन शेर्पा, रिन्जी पासाङ शेर्पा, पेम्बा शेर्पा र श्रीमती दिकी शेर्पालाई चयन गरिएको छ ।

अध्यक्ष शेर्पाका अनुसार किदुगको वर्तमान कार्यसमितिले संरक्षकमा पेम्बा गेल्बु शेपालाई मनोनित गरेको छ । सल्लाहकारमा दावा फिञ्जो शेर्पा, ल्हाक्पा दोर्जी शेर्पा, पेम्बा शेर्पा (जितबहादुर), कान्छा शेर्पा, श्रीमती आङ छिरिङ शेर्पा, लप्साङ लामा शेर्पा र पासाङ तेम्बा शेर्पा (हल्याण्ड) लाई मनोनित गरिएको छ ।

यस्तै, किदुगको वर्तमान कार्यसमितिले संरक्षकमा संस्थापक अध्यक्ष पेम्बा गेल्बु शेर्पा, निवर्तमान अध्यक्ष सोनाम लामा, कर्मा लामा र यूरोप शेर्पा संघका निवर्नमान अध्यक्ष समेत रहेका फुला शेर्पालाई मनोनित गरिएको अध्यक्ष शेर्पाले जानकारी दिएका छन् । किदुगको प्रवक्तमा भने पत्रकार पेम्बा गेलु शेर्पालाई मनोनित भएका छन् ।