जापानमा ५.४ म्याग्निच्युडको भूकम्प

जापानमा ५.४ म्याग्निच्युडको भूकम्प


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

आज बिहान (मे ११ तारिख) ४ः१६ बजे जापानको चिबा क्षेत्र केन्द्र भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रविन्दु चिबा प्रिफेक्चरको दक्षिणी भागमा रहेपनि टोकियो तथा खानागावाको सबैजसो क्षेत्रमा धक्का महसूस गराएको थियो।

भूकम्पबाट सुनामी लगायत प्राकृतिक विपदको घोषणा गरिएको छैन ।

जापान मौसम विज्ञान एजेन्सीले समान स्तरको कम्पन पुनः जानसक्ने भएकाले सचेत रहन अनुरोध गरेको छ ।

भूकम्पबाट तत्काल क्षतिको कुनै विवरण प्राप्त नभएको र थप सूचनाहरु संकलन गर्ने काम भइरहेको भूकम्पको केन्द्रबिन्दु रहेको किशाराजु शहरका अधिकारीहरुले बताएको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।

भूकम्प ४० किलोमिटर गहिराई केन्द्रविन्दु भएर गएको जनाउँदै एजेन्सीका अधिकारीहरुले भविष्यमा समान स्तरको भूकम्प जाने सम्भावना रहेकाले ध्यान दिन सचेत गराएका छन् ।

जापानमा गत साता शुक्रबार इशिकावा प्रान्त केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट एकजनाको निधन तथा करिव एक दर्जन व्यक्ति घाइते भएका थिए ।

दर्जनौँ भवनहरुमा क्षति पुग्दा त्यहाँ २४ घण्टाको अन्तरालमा ५० बढी भूकम्पको कम्पन महसूस गरिएको थियो ।