बेल्जियममा मनाइयो साकेला उभौली

बेल्जियममा मनाइयो साकेला उभौली


  • सनत आचार्य, बेल्जियम

किरात राई समाज बेल्जियमले राईहरूको प्रमुख चाड साकेला उभौली येले सम्वत् ५०८३ को उपलक्ष्यमा बुधबार विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।

कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्ती मगरले आदिवासी जनजातिहरूले विदेशमा पनि आफ्नो मौलिक धर्म, परम्परा र संस्कृतिहरु पहिचानका लागि कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै नेपाल सम्वत पुरानो क्यालेण्डर भएकोले त्यो विशेष रुपले मनाउन सुझाव व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष महेश श्रेष्ठले प्रवासमा धर्म-परम्पराको संरक्षणका लागि नेपाली संघसंस्थाहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसी, किदुङ समाज अध्यक्ष पेम्वा दोर्जे शेर्पा, विश्व मगर संघका अध्यक्ष लोक राना मगर, संघीय समाजबादी फोरम बेल्जियमका अध्यक्ष नेत्र मगर, प्रवासी नेपाली एकता समाज बेल्जियमका अध्यक्ष अनिल थापा, पासा पुचः बेल्जियमका अध्यक्ष चीजकुमार श्रेष्ठ, ओएनअफको अध्यक्ष निशा गुरुङ, तमु धी बेल्जियमकी अध्यक्ष प्रविणा गुरुङ, पर्वत समाज बेल्जियमका अध्यक्ष नन्दा गुरुङ लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

किरातहरुको परम्पराअनुसार देवता पूजा समेत गरिएको उक्त कार्यक्रम समाजका अध्यक्ष इन्दिरा चामलिङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।