डा. रविन्द्र राष्ट्र बैक सञ्चालक समितिमा

डा. रविन्द्र राष्ट्र बैक सञ्चालक समितिमा


नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यमा विज्ञहरू मध्येबाट सरकारले डा. रविन्द्रप्रसाद पाण्डेलाई नियुक्त गरेको छ ।

मौद्रिक अधिकारीका रूपमा लिइने राष्ट्र बैंकको सञ्चालक समितिमा लामो समयदेखि मौद्रिक नीति विज्ञको प्रतिनिधित्व हुन सकेको थिएन । डा. पाण्डेले मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । राष्ट्र बैंकमा लामो समय बिताएर बाहिरिएका पाण्डेले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक पूरा गरेका थिए ।

राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्षता गभर्नर स्वयम्ले गर्ने ब्यवस्था छ भने दुई डिपुटी गभर्नर र अर्थमन्त्रालयका सचिव सदस्यका रूपमा रहने ब्यवस्था छ । कुल सात सदस्यीय समितिमा यसअघि नै शङ्कर आचार्य र चिन्तामणी शिवाकोटी नियुक्त भइसकेका छन् । डा. पाण्डेको नियुक्तिपश्चात् सञ्चालक समितिमा विज्ञको अभाव पूर्ति भएको ठानिएको छ ।