जापानमा बस दुर्घटना, दुई नेपालीसहित तीन जनाको मृत्यु

जापानमा बस दुर्घटना, दुई नेपालीसहित तीन जनाको मृत्यु


  • विशेष प्रतिनिधि, जापान

जापानको सेन्दाइमा बस दुर्घटनामा दुई जना नेपाली विद्यार्थीसहित तीन जनाको मृत्यु भएको छ । हिजो मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । थापा सेन्मोन गाक्कोउमा अध्ययनरत थिए भने तामाङ निहोनगो गाक्कोउमा ।

यस्तै, उक्त बसमा सवार एक जापानी महिलाको मृत्यु भएको छ भने उक्त बसका चालक गम्भीर घाइते भएका छन् । सेन्दाइबाट इवातेका लागि हिँडेको बसमा समस्या देखिएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो । सोही क्रममा बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

त्यहाँस्थित सञ्चारमाध्ययमका अनुसार ट्रकको ठक्करपछि बस उछिट्टिएर एक सय मिटर पर पुगेको थियो।

प्रहरीका अनुसार दुर्घटना हुँदा बसमा सवार यात्रु र चालक दलका सबै सदस्य बाहिर थिए । बिग्रिएको बस मर्मतमा काम गरिरहेकी बस चालक र उनलाई सहयोग गरेका दुई जना नेपाली विद्यार्थीलाई ठूलो ट्रकले ठक्कर दिँदा तीनैजना उनीहरूलाई गहिरो चोट लागेपछि बेहोस भएका थिए तर पछि तिनीहरूको मृत्यु भएको पुष्टि गरिएको थियो। साथै ठूलो ट्रक चालकको टाउकोमा गम्भीर चोट लागेको छ।

अहिलेसम्मको अनुसन्धानबाट दुर्घटना हुनुअघि बसमा ४० जना यात्रु सबै वयस्क नेपाली र बंगलादेशी रहेको पाइएको छ ।