आजको पञ्चाङ्ग एवम् राशिफल (६ जेष्ठ २०८० शनिबार, २० मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ जेष्ठ २०८० शनिबार, २० मे २०२३)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ ६ गते तद्अनुसार सन् २०२३ मे २० तारिख शनिबार ज्येष्ठ शुक्ल पक्षको प्रतिपदा तिथि कृतिका नक्षत्र ८ः० पर रोहिणी नक्षत्र अतिगण्ड योग किंस्तुघ्न करण आनन्दादिमा ध्वज योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १८ः४७ बजे हुनेछ । दशहरास्नानारम्भ, गोसाइँकुण्ड स्नानारम्भ ।

आजको राशिफल

मेष – आजको दिन राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । परिवारका सदस्यको स्वास्थ्यसम्बन्धी चिन्ता आइपर्न सक्छ । विशेष अवसर प्राप्त हुन सक्छ तर इर्ष्यालु पात्रविशेषले अवरोध गर्न सक्छ, सचेत रहनुहोस् । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने मौका जुर्न सक्छ ।

वृष – आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । मान–सम्मान प्राप्तिको योग छ । आफन्तजनमा केही असमझदारी देखापर्ला । खराब आचरण भएकाहरू नजिकिन सक्छन्, सचेत रहनुहोला । आरोग्यता बढ्नेछ भने रसरागमा आकर्षण रहला ।

मिथुन – परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्ने समय छ, तथापि आर्थिक समस्या समाधान हुनेछ भने शत्रुहरूलाई परास्त गर्न सकिनेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर प्राप्त होला । खर्च बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । सवारी साधन उपयोग गर्दा चाहिँ अलिक सावधानी अपनाउनुपर्नेछ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । तर, घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । स्वास्थ्यमा पनि केही समस्या आएको अनुभूति होला । सोचेको काम समयमा नबने योग भए पनि चिन्तित हुनुपर्ने छैन । कर्मबल र साहस बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – लामो समयदेखि रोकिएका काम सम्पादन गर्न सकिने समय छ । पारिवारिक सुख शान्ति र पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन पराक्रम बढ्नेछ भने धनलाभ पनि हुन सक्छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । रसरागमा आकर्षण बढ्ने छ । योजना र बजेट बनाइ काम गर्नु हितकर होला ।

वृश्चिक – पराक्रमका साथै सुख वृद्धि हुने समय छ । कार्यमा सफलता प्राप्त हुनेछ भने दाम्पत्य सुख बढ्नेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षामाथि भने लगाम लगाउनु हितकर होला । सुख सुविधाको बस्तुमा केही खर्च हुन सक्छ ।

धनु – आरोग्यता बढ्नेछ । स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा हितैषी मित्रहरूले साथ दिनेछन् । राजनीतिक पहुँच बढ्ने समय छ । रोकिएको काम बन्ने समय छ । मिठो भोजन खान पाउनु हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तिको संगतले मान–सम्मानमा चोट पुग्ने योग छ, सचेत रहनुहोला । आज विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा सजक रहनुहोला । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । विशेष उपहार हातलागी हुने योग छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – पराक्रम वृद्धि हुनेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।