लण्डन । बेलायतस्थित नेपाली दूतावासले आफ्नो नयाँ कार्यशैलीअन्तर्गत एक सूचना जारी गरेको छ । सेवाग्राहीहरुको सुझाव र सल्लाहलाई मध्यनजर राखी यही महिनाको १७ तारिखदेखि दूतावासले दिँदै आएको सेवाहरुको लागि निश्चित समय तोकिएको छ, जसले गर्दा सेवाग्राहीलाई सही कामको लागि सही समयको जानकारी अग्रिम रहोस् भन्ने चाहाना दूतावासले स्पष्ट रुपमा राखेको छ ।
यही मंसीर १ गते तदनुसार नोभेम्बर १७ तारिखबाट, विहानको १० बजेदेखि मध्यान्हको १ बजेसम्म तथा दिउँसो २ बजेदेखि ३ बजेसम्मMRP Passport, Travel Document, Temporary Passport, NRN Card तथा Document Attestation का लागि बुझाउने समय तोकिएको छ ।
MRP Passport, Travel Document, Temporary Passport र NRN Card लगायत वितरण गर्ने समय दिउँसो २ बजेदेखि अपरान्ह ५ बजेसम्म तोकिएको छ । सही कामको लागि सही समय छुट्याउँदा सेवाग्राहीहरुले आफ्नो समयको राम्रो उपयोग गर्न पाउने दूतावासको राय रहअेको छ ।
प्रतिक्रिया