हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्टार नियुक्त गरेको छ ।
बुधबार (१७ जेष्ठ) सो नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको बताइउको छ । सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भइ हिममालय लाइफ इन्स्योरेन्स लिमिटेड कायम भइ गत वैशाख २६ बाट संयुक्त कारोबार सुरु भएको हो ।
प्रतिक्रिया