पत्रकार माथिको आक्रमण रोक्न बेलायत शाखाको आग्रह

पत्रकार माथिको आक्रमण रोक्न बेलायत शाखाको आग्रह


1486638_951380871557222_2280650438266324799_nलण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष धर्मराज अधिकारीलाई सामाजिक सञ्जाल फेसबुकमा लगाइएको आरोप गम्भीर भएको जनाएको छ ।
शाखाका महासचिव श्याम लुईंटेलद्वारा जारी विज्ञप्तिमा सामाजिक संजालमा व्यक्तितगत चरित्र हत्या हुने खालका सामांग्री राख्नु निन्दनीय कार्य भएको उल्लेख छ । बेलायतका एकजना व्यवसायी एवं ब्रिटेन नेपाल चेम्बर्स अफ कमर्शका चेयरम्यान राजन कंडेलले मिति २०१४ नोभेम्बर १६ गतेका दिन सामाजिक सञ्जाल फेसबुकमार्फत् अधिकारीको चरित्र हत्या गर्ने प्रयास गरेका थिए । कंडेल नेपालस्थित द ब्रिटिश कलेजका एम डी पनि हुन । सामाजिक सञ्जालमा कसैको व्यक्तिगत चरित्र हत्या हुने खालका सामांग्री नराख्न र सामाजिक संजालको गरिमालाई समेत ख्याल राख्दै मर्यादित भाषाको प्रयोग गर्न पत्रकार महासंघ बेलायत शाखाले सबैमा आग्रह गरेको छ ।
त्यस सम्बन्धमा छलफल गर्न नेपाल पत्रकार महासंघ यूके शाखाको ७ डिसेम्बर, आइतवार लण्डनमा पूर्ण बैठक बोलाएको विज्ञप्तिमा उल्लेख छ ।