जेठ महिनामा मनकामना केवलकार यात्रा गर्नेको संख्या हालसम्मकै उच्च

जेठ महिनामा मनकामना केवलकार यात्रा गर्नेको संख्या हालसम्मकै उच्च


मनकामना केवलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकारमार्फत मनकामना यात्रा गरेका छन् । यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको जनाइएको छ ।

यसअघि आ.व. २०७५/७६ मा ज्येष्ठ महिनामा नै १,३५,२७२ को मासिक रेकर्ड थियो जुन यस आ.व.को जेठ महिनामै तोड़िएको छ । यसरी यस आ.व.को ज्येष्ठ महिनाको औसत प्रतिदिन यात्री ४७०० पुगेको छ ।

यस्तै, भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २,६९,७६० (२६.४१५) भारतीय हरुले मनकामना भ्रमण गरेको जनाइएको छ । पहिलो नंबरमा ७,०५,५९३ (६९.०८५) सहित नेपाली यात्री रहेका छन् । यस वर्ष भने औसत प्रतिदिन यात्री ४७०० पुगेको कम्पनीले जनाएको छ।