हवाई यात्राको भाडा घट्यो

हवाई यात्राको भाडा घट्यो


नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज हवाई यात्राको भाडा घटाएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर-नेपालगञ्ज रुटको भाडा रु पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौं-सिमराको भाडा रु ९० ले घटेको छ ।

यसैगरी काठमाडौं-भद्रपुरको रु तीन सय, काठमाडौं-विराटनगरको रु दुई सय ४०, काठमाडौं-धनगढीको रु चार सय ४५, काठमाडौं-नेपालगञ्जको रु तीन सय २५, काठमाडौं-भैरहवाको रु दुई सय १० र काठमाडौं-सुर्खेतको भाडा रु तीन सय ४५ ले घटेको छ । मङ्गलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर रु १० ले कम गरेको थियो ।