विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने

विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने


डिजिटल फष्ट बैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिइरहेको एनआईसी एशिया बैंकले अब आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ ।

यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिटेन्स रकम यस बैंकमा रहेको निजको खातामा डिपोजिट गर्न सक्नेछन् ।

डिजिटल कारोबारमा आम ग्राहकहरूको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने वर्तमान आवश्यकतालाई सघाउ पुग्ने गरी आएको यस सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि NIC ASIA MoBank भित्रको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने बैंकले जनाएको छ । यस सेवापश्चात् ग्राहकलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंक उपस्थित भइ भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन एनआईसी एसिया बैंक सफल भएको बैंकका प्रमुख सूचनाअधिकारी सुधीरनाथ पाण्डेको भनाइ छ ।