photo: rss
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् । चितवनमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए ।
उनले भने, ‘हामी अस्थिरताको खेलमा छैनौँ । मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो ।’ रास्वपा अहिले सङ्गठन निर्माणका क्रममा रहेको उनको भनाइ थियो । सङ्गठन निर्माणसँगै रास्वपाले सरकारका कामप्रति निरन्तर खबरदारी गरिरहने उनले बताए ।
सरकारले ल्याएको बजेट पास भए पनि यसले जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी गर्दै उनले भने, ‘अहिले मुलुकको जुन अवस्था छ । अवस्था सुहाउँदो बजेट बनोस् भन्ने हाम्रो चाहना थियो । तर त्यो हुन सकेन ।’ बजेट संसदबाट पास हुनुलाई स्वाभाविकरुपमा लिएकोभन्दै उनले अहिलेको बजेट नियमित बजेट जस्तो भएको तर्क गरे । अहिलेको बजेटबाट व्यापारी, वैदेशिक दातृ निकायलगायतका संस्था खुसी हुन नसकेको भन्दै उनले नागरिकको आवश्यकता सम्बोधन गर्न सरकारलाई आग्रह गरिरहने पनि बताए ।
प्रतिक्रिया