कोशी प्रदेशको नामकरणबाट एमाले पछि नहट्ने केपी ओलीको जिकिर

कोशी प्रदेशको नामकरणबाट एमाले पछि नहट्ने केपी ओलीको जिकिर


file photo

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन् ।

सङ्घीय संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने जिकिर गरे ।

‘हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बयासी प्रदेशसभा सदस्यले पास गरेर नामकरण गरिएको हो’, उनले भने- ‘हामी नामकरणबाट भाग्दैनौँ ।’

ज्ञातव्य छ, गत फागुनमा प्रदेश नं १ को नाम कोशी राखिएको थियो ।