ललिता निवास प्रकरणसम्बद्ध थप तीन आरोपी पक्राउ

ललिता निवास प्रकरणसम्बद्ध थप तीन आरोपी पक्राउ


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विसं २०६० मा काठमाडौं महानगरपालिका वडा नं ४ का सचिव तथा हाल महागरपालिकाको सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जन रहेका छन् ।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार सरकारी लिखत किर्ते मुद्दामा तीनै जनालाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले यसअघि उक्त प्रकरणमा चार जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ । ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या अब सात पुगेको छ ।