कोशी प्रदेशमा सत्तारूढ गठबन्धनले कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने

कोशी प्रदेशमा सत्तारूढ गठबन्धनले कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने


सत्तारूढ गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसको सबैभन्दा बढी सङ्ख्या भएकाले थापालाई मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकबारे जानकारी दिँदै नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भनेका छन्, ‘हामी गठबन्धनमा भएको दलहरूका तर्फबाट कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीलाई मुख्यमन्त्री बनाउने र केही खाली सिटका विषयमा सल्लाह गरेर निर्णय गर्ने सहमति भयो ।’

उक्त प्रदेशमा गत शुक्रबार नेकपा (एमाले) नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । प्रदेशप्रमुख परशुराम खापुङले आइतबार सरकार गठनको आह्वान गरेका थिए ।

photo: rss