पार्टीलाई थप सुदृढीकरण गर्नका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै प्रदेशमा पार्टीका शीर्ष नेतालाई संयोजक तोकेका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा-२०८०’को कार्ययोजना कार्यान्वयन गर्न उनले सात वटै प्रदेशमा प्रदेश संयोजक तोकेका हुन् ।
जसअनुसार उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक, उपाध्यक्ष बुद्धिमान तामाङलाई मधेस प्रदेश संयोजक, विक्रम पाण्डेलाई बागमती प्रदेश संयोजक, उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई गण्डकी प्रदेश संयोजक, रवीन्द्र मिश्रलाई लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई कर्णाली प्रदेश संयोजक र उपाध्यक्ष उद्वव पौडेलले सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेका पार्टीप्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
जिम्मेवारी प्राप्त गरेका संयोजकले ६ महिनाभित्र साङ्गठनिक सुदृढीकरणका कार्यसम्पादन गरी प्रतिवेदन केन्द्रलाई बुझाउनुपर्ने बताइएको छ ।
प्रतिक्रिया