नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शङ्कर पोखरेल र बिष्णु रिमाललाई मात्र अति महत्व दिन थालेपछि ओलीप्रतिको असन्तुष्टि बढेर गएको छ । पार्टीमा यतिबेला ओलीप्रति सन्तुष्ट नेता कार्यकर्ताको सङ्ख्या ह्रास हुँदै गएको छ, तर ओलीको सामुन्ने उभिएर उनको कमजोरी औंल्याउन सक्ने क्षमता भएका नेता कोही देखिएका छैनन् ।
ओलीले शङ्कर पोखरेललाई आफ्नो उत्तराधिकारी बनाउन खोजेको महसूस पार्टीका अन्य नेताहरूले गरेका छन्, जुन उनीहरूलाई सैह्य भइरहेको छैन । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू बिष्णु पौडेल र सुवास नेम्बाङ, उपमहासचिव प्रदीप ज्ञवाली एवम् सिनियर नेता सुरेन्द्र पाण्डेलगायतलाई केपीले राजन भट्टराईलाई जति महत्व पनि दिने गरेका छैनन् ।
नेता गोकुल बास्कोटा र महेश बस्नेतलाई पनि ओलीले आवश्यकताअनुसार उपयोग गर्ने नीति बनाएकोले उनिहरूमा पनि असन्तुष्टि बढेको देखिन्छ । यस्तै स्थिति रहेमा कुनै पनि दिन ओलीविरूद्ध ठूलो विस्फोट हुनसक्ने सम्भावना छ ।
सत्तरीवर्षे उमेरहद हटाएर केपीले आफ्नै निरन्तरता चाहेको अर्थ पार्टीभित्र लागेको छ । केपीले समयमै बुद्धि पुऱ्याउन सकेनन् भने विद्यादेवी भण्डारीलाई सर्वसम्मत नेता बनाएर एमालेलाई अघि बढाउने निर्णयमा नेताहरू पुगेमा कुनै आश्चर्य हुनेछैन ।
प्रतिक्रिया