photo: rss
गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्ने दाबी
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार प्रदेशमा चार वर्ष सञ्चालन हुने दाबी गरेका छन् । मुख्यमन्त्री पदको नियुक्ति पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ सरकार आलोपालो नभएर गठबन्धनको नेतृत्वमा चार वर्ष सञ्चालन हुने जिकिर गरे ।
प्रदेशको संरचनाअनुसार गठबन्धन दलको सदस्यको सहभागितामा मन्त्रिमण्डल गठन गर्ने उल्लेख गर्दै मुख्यमन्त्री थापाले प्रदेशको नामकरण वार्ताको माध्यमबाट निकाश दिने धारणा राखे ।
मुख्यमन्त्री थापाले सभामुखले प्रदेश सदस्यको हैसियतमा मुख्यमन्त्रीको पदको दाबीमा हस्ताक्षर गरेकाले उनले राजीनामा दिनुनपर्ने तर्क गरे भने प्रदेशका जनताको विकास, समृद्धि र सुशासनको चाहनालाई पूरा गर्ने उद्देश्यअनुरुप सरकारले कार्य गर्ने बताए ।
प्रतिक्रिया