राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको सुदूरपश्चिम प्रदेश सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई जिम्मेवारी दिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार शाहीलाई सो पदमा नियुक्त गरेका हुन् । शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत रहेका छन् ।
त्यसैगरी, अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गरेका छन् । पार्टीका गतिविधिलाई जनस्तरमा पुऱ्याएर सङ्गठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको सो पार्टीले जनाएको छ ।
यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिक्रिया