डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको ज्यान गएकोे छ । जिल्लाको गन्यापधुरा गाउँपालिकामा खोलाले बगाउदा ६५ वर्षीय बृद्धाको ज्यान गएको हो ।

गन्यापधुरा गाउँपालिका–४, को खहरे खोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा देवी बोहराको ज्यान गएको हो । बिहीबार दिउँसो गोठालोबाट फर्किने क्रममा खोला तर्दा उनलाई बगाएपछि बेपत्ता भएकी थिइन् ।

खोलाले बगाउदा बेपत्ता भएको खबर स्थानीयले प्रहरीलाई गरेको थियो । उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । उनी बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको डिएसपी भट्टले बताए । बिहीबार दिउँसोदेखि गन्यापधुरा लगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो । बर्षाकै कारण खहरे खोला उर्लिएर आएको स्थानीयले बताए ।