अमेरिकी सहायक विदेश मन्त्री लु नेपाल भ्रमणमा

अमेरिकी सहायक विदेश मन्त्री लु नेपाल भ्रमणमा


संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ ।

उहाँले आजै प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम छ । भ्रमणका क्रममा उहाँले दूतावासका कर्मचारीहरूलाई पनि भेट गर्नुहुने अमेरिकी दूतावासले जनाएको छ ।

साथै उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ । साथै उहाँले नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उहाँहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नुहुनेछ । उहाँले गत वर्ष पनि नेपालको भ्रमण गर्नुभएको थियो ।