एनआरएनए जापानको नयाँ कार्यसमिति चयन अनलाइन मतदानमार्फत गरिने

एनआरएनए जापानको नयाँ कार्यसमिति चयन अनलाइन मतदानमार्फत गरिने


  • विशेष प्रतिनिधि, जापान

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न ११औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि अनलाइनमार्फत जुलाई ३० तारिकका दिन मतदान हुने भएको छ ।

दुई वर्षको कार्यकाल रहने कार्यसमिति चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको संयोजकमा इन्जिनियर डम्बरराज पौडेललाई चयन गरिएको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार तीन सदस्यीय निर्वाचन समिति सदस्यहरुमा ई. डम्बर पुन र पत्रकार आनन्द कोइराला छानिएका छन् । बैठकले निर्वाचन अनुगमनका लागि शिवप्रसाद पौडेल, इन्दिरा सुजुकी र कृष्ण अधिकारीलाई चयन गरिएको छ।

एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा जुलाई १४ तारिखमा बसेको अनलाइन बैठकले आगामी २९ तारिखमा अधिवेशन तथा ३० तारिखमा अनलाइन प्रणालीबाट निर्वाचन गरिने छ ।

अनलाइन भोटिङका लागि पहिलो पटक आईसीसीले तोकेबमोजिम फेस भेरिफिकेशन प्रणालीबाट निर्वाचन गरिने समेत अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।