भरुवा बन्दुकसहित डडेल्धुरामा एक जना पक्राउ

भरुवा बन्दुकसहित डडेल्धुरामा एक जना पक्राउ


  • डम्बर निदाल, डडेल्धुरा

अवैध एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका-६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीरसिंह भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । भण्डारीलाई एक थान भरुवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीसँग इजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

उनलाई आवश्यक कारवाहीका लागि डडेल्धुरा अदालतबाट अबैध हातहतियार खरखजना कसुरअन्तर्गत म्याद थप गरि अनुसन्धान भइरहेको उनले बताए ।

मुलकी अपराध संहिताको परिच्छेद ६ को १३२ (२) बमोजिम ५ बर्षसम्म कैद, पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।