एनआरएनए बेल्जियमको नेतृत्व सीता सापकोटाको काँधमा

एनआरएनए बेल्जियमको नेतृत्व सीता सापकोटाको काँधमा


  • विशेष प्रतिनिधि, बेल्जियम

एनआरएनए बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित भएकी छन् । आइतबार भएको निर्वाचनमा १११२ मत प्राप्त गरेर सापकोटा सन् २०२३-२०२५ को लागि अध्यक्षमा विजयी बनेकी हुन् ।

अध्यक्ष पदका अर्का उम्मेदवार तीर्थ धमलाले ९४८ मत प्राप्त गरे । सापकोटा र धमलाले प्राप्त गरेको मतको अन्तर १६४ रहेको छ ।

गंगाधर गौतमको संयोजकत्वमा रहेको निर्वाचन समितिले ६ वटा मतदान केन्द्रमा मतदानको व्यवस्था गरेको थियो ।