एनआरएनए अष्ट्रियाका लागि ध्रुव पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति

एनआरएनए अष्ट्रियाका लागि ध्रुव पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति


एनआरएनए अष्ट्रियाको २०२३-२०२५ कार्यकालको लागि ध्रुव पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । साथै अन्तराष्ट्रिय समुन्वय परिषद सदस्य (आइसीसी)मा मनोज बिष्ट निर्वाचित भएका छन् ।

निर्वाचनबाट उपाध्यक्षमा डविन लामा र रिमबहादुर खड्का, महिला उपाध्यक्षमा सन्तोषी भण्डारी, महासचिवमा डाइमण्ड राई, सचिवमा ज्ञानु बर्तौला र रिमा बिस्ट, कोषाध्यक्षमा वीरेन्द्र पुन मगर, सह कोषाध्यक्षमा राजु रामदाम छानिएका छन् भने युवा संयोजकको जिम्मेवारी फुर्वा तामाङ, युवा उप-संयोजक राजीव थेवे, महिला संयोजकमा निरु कार्की र सदस्यमा कुमीर घर्ति मगर निर्वाचित भएका एनआरएनए युरोप क्षेत्रका क्षेत्रिय उप संयोजक सागर सुवेदीले जानकारी दिएका छन् ।

विजयी एनआरएन अभियन्ताहरुलाई बधाई तथा शुभकामना दिँदै उप-संयोजक सुवेदीले भनेका छन्- ‘पदाधिकारीमा निर्वाचित हुनु भनेको उपविजेता भन्दा केही गह्रौँ भारी बोकेको हो, अलिक बढी जिम्मेवारी हासिल भएको हो । त्यसैले समस्त विजेता पदाधिकारीहरुले उप-विजेताहरुको साथ र सहयोगमा २०२३-२०२५ को कार्यकाल युरोप क्षेत्रमै उदाहरणीय तथा प्रशंसनीय हुनेगरी काम गर्नुहुनेछ भन्ने अपेक्षा र विश्वास लिएको छु ।’

निर्वाचन प्रक्रियामा भाग लिने संघका सम्पूर्ण अष्ट्रियाबासी पंजीकृत सदस्यहरुलाई धन्यवाद दिँदै सुवेदीले सफलतापूर्वक निर्वाचन सम्पन्न अहोरात्र खटिएका निर्वाचन समितिका आयुक्त राजु गुरुङ तथा सदस्यहरु, केन्द्रिय अनुगमनकर्ता विनोद चौलागाईं तथा स्थानीय अनुगमनकर्ताहरु, उम्मेदवारका प्रतिनिधि सबैको सह्राहना गरेका छन् । यस्तै, निवर्तमान अध्यक्ष भवानी तिवारी एवम् तिवारीनेतृत्वको कार्यसमितिले पछिल्लो समय निर्वाह गरेको सकारात्मक भूमिकाको पनि युरोप क्षेत्रिय उपसंयोजक सुवेदीले प्रशंसा गरेका छन् ।