एनआरएनए इटालीमा भवेश सिंहको नेतृत्वमा कार्यसमिति चयन

एनआरएनए इटालीमा भवेश सिंहको नेतृत्वमा कार्यसमिति चयन


अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा कँडेल

  • विशेष प्रतिनिधि, मिलान (इटली)

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इटलीमा सर्वसहमतीय कार्यसमिति चयन भएको छ । संघको इटालीस्थित २०२३-२०२५ कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिका संयोजक उत्सव घिमिरेका अनुसार माग गरिएको आवेदनमा हरेक पदका लागि एक मात्र आवेदन परेकोले आवेदनमा आएका पदहरूलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो ।

निर्वाचन समितिको घोषणाअनुसार २३-२५ कार्यकालका लागि वर्तमान अध्यक्ष समेत रहेका छविलाल कँडेल, गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समुन्वय परिषद् सदस्य र्निाचित भएका छन् भने वर्तमान महासचिव रहेका भवेश कुमार सिंह २३–२५ कार्यकालको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा केशव गुरुङ र देवानन्द बराल चयन हुनुभएको छ भने महासचिवमा चर्चित मिलान शहरनिवासी अशोक उप्रेती चयन भएको जनाइएको छ ।

जम्मा पंजीकृत सदस्य संख्या ४८० रहेको इटालीमा विवादरहित तवरले निर्विरोध निर्वाचन सम्पन्न गर्नका निमित्त छविलाल कँडेल नेतृत्वको कार्यसमितिले अत्यन्त प्रभावकारी भूमिका खेलेको इटालीवासी गैरआवासीयहरुबीच चर्चा चलिरहेको छ । अत्यन्त विवादित संघको वर्तमानमा सहमतीय निर्वाचनले आशाको सञ्चार गराएको इटालीस्थित गैरआवासीय अगुवाहरुले घटना र विचारलाई बताए ।

निर्विरोध निर्वाचित कार्यसमितिका सदस्यहरुलाई यसै महिनाको ३० तारिक आइतबारको दिन आयोजना गरिने आठौँ राष्ट्रिय महाधिवेशनका दिन औपचारिकता दिने जनाइएको छ ।