एनआरएनए बेल्जियमले ‘आपतकालिन अक्षयकोष’ स्थापना गर्ने

एनआरएनए बेल्जियमले ‘आपतकालिन अक्षयकोष’ स्थापना गर्ने


गैरआवासीय नेपाली संघ बेल्जियमले बेल्जियमस्थित नेपालीजनका साथै नेपालमा आइपर्ने कुनै पनि आपतकालिन समस्याको अवस्थामा सहयोग गर्न एक ‘आपतकालिन अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको छ । एनआरएनए बेल्जियमको नवनिर्वाचित कार्यसमितिको सोमबार (२४ जुलाई २०२३) बसेको प्रथम बैठकले आपतकालिन अक्षयकोष स्थापनाको प्रस्ताव पारित गरेको हो ।

संघकी नवनिर्वाचित अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा बसेको बैठकले बेल्जियमस्थित नेपाली समुदायलाई एकढिक्का बनाइ भाइचारा र बन्धुत्वको विकास गराएर समाजलाई एकतावद्ध तुल्याउन पहल गर्ने संकल्प प्रस्ताव पनि पारित गरेको छ ।

महासचिव रुविना शर्माका अनुसार पहिलो बैठकले खड्कबहादुर केसीको अध्यक्षतामा रहेको निवर्तमान कार्यसमितिले ९औँ महाधिवेशन सफलतापूर्ण सम्पन्न गराउनुका साथै बरबुझारथसहित औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।