कालीगण्डकीमा नुहाउँदै गर्दा बगेर बेपत्ता

कालीगण्डकीमा नुहाउँदै गर्दा बगेर बेपत्ता


तनहुँको देवघाट गाउँपालिका-५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिएका छन् ।