चालीस बालिकालाई जोन्टा क्लबबाट साइकल र झोला वितरण

चालीस बालिकालाई जोन्टा क्लबबाट साइकल र झोला वितरण


जोन्टा क्लब अफ काठमाडौले दाङ, हेकोलीमा रहेको विरेन्द्र माध्यामिक विद्यालयमा अध्ययनरत ४० बालिका तथा किशोरीलाई साइकल वितरण गरेको छ । सो विद्यालयका कक्षा ८, ९ र ११ मा अध्ययन गरिरहेका किशोरीहरुलाई उक्त साइकल अध्यक्ष आभा शाहले वितरण गरिन् ।

वडा अध्यक्षको उपस्थितिमा भएको सो समारोहमा क्लबका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो । यसका अतिरिक्त विद्यार्थीलाई ४० वटा स्कूले झोला पनि बाँडिएको छ ।

अध्यक्ष शाहले भनिन्, ‘एक बालिका शिक्षित हुँदा त्यो घरको परिवारमा शिक्षाको ज्योतिले उज्ज्यालो छरेको हुन्छ । शिक्षित छोरीले नै शिक्षित समाज निर्माणमा टेवा दिन्छिन् । समाजको परिवर्तनका साथै राष्ट्रको परिवर्तन र विकासमा सहयोगी भूमिका खेल्छिन् ।’