माधव नेपाल स्वदेश फिर्ता

माधव नेपाल स्वदेश फिर्ता


नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्किएका छन् । युरोपमा भएका पार्टीसम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भइ उनी आज स्वदेश फर्किएका हुन् ।

आउँदो भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुने भन्दै गएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्किएका हुन् । नेता नेपाल यही साउन २२ गते पार्टीसम्बद्व विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए ।