प्रशासकीय अधिकृतले ढोका बन्द गरेपछि सेवाग्राही मर्कामा

प्रशासकीय अधिकृतले ढोका बन्द गरेपछि सेवाग्राही मर्कामा


नागर्जुन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी मन्त्रालय र मिटिङ भन्दै नगरपालिका कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही हैरान भएका छन् ।

भुक्तानी लिने व्यावसायी तथा भवन निर्माण सम्पन्नको प्रमाण पत्र लिन नगरपालिका कार्यलय पुग्ने सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।

नगरपालिका पुगेका सेवाग्राहीलाई सहायक कर्मचारीहरुले अधिकारीको ‍९८५१२६८१११ मोवाइल नम्बर दिएर पन्छाउने गरेका छन् । सेवाग्राहीले भने उक्त नम्बरबाट कुनै किसिमको रेस्पोस पाउन सकेका छैनन् ।

प्रशासकीय अधिकृत सुमन अधिकारीले आफु नहुँदा अधिकार प्रत्यायोजन गर्न नमानेका कारण सेवाग्राही सहायक कर्मचारीप्रति आक्रोशित हुने गरेको नगरपालिका श्रोतले जनाएको छ ।